राप्रपाकाे कार्यालयमा डोजर चलाउनेबारे महानगर र सिडिओबीच छलफल

राप्रपाकाे कार्यालयमा डोजर चलाउनेबारे महानगर र सिडिओबीच छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आजै डोजर चलाउने तयारी गरेको छ । तर त्यसअघि महानगरले जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेको छ। 

हाल महानगरका पदाधिकारी र काठमाडौंका प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको बताइएको छ । एसपी राजु पाण्डेको नेतृत्वमा ३०० नगर प्रहरी राप्रपा कार्यालयतर्फ परिचालन भएका छन्  भने डोजर तयारी अवस्थामा रहेको छ । आदेश आउनासाथ भत्काउने बताइएको छ । 

उक्त कार्यालय नक्सा पास नगरी बनाएको र भवन विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेकाले महानगरले शुक्रबार माइकिङ गर्दै कार्यालय खाली गराउन तीन दिनको समय दिएको थियो। तर अल्टिमेटम सकिँदा पनि भवन खाली नगराइएको हुँदा महानगरले डोजर लगाएरै भत्काउन लागेको हो । 

तर, राप्रपाको केन्द्रीय कार्यालय भत्काउने तयारी गरेपछि कार्यकर्ताहरू भेला भएका छन् । डोजरलाई अवरोध गर्ने तयारीसहित सवारीसाधनहरु तेर्स्याइएको छ । नगर प्रहरी र राप्रपा कार्यकर्ताबीच मुठभेड हुनसक्ने सम्भावना पनि देखिन्छ ।

Skip This
Skip This
Logo