एमालेले सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने

एमालेले सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने

केन्द्रबिन्दु
0
Shares

बिहीबार दिउँसो १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक प्रमुख प्रतिपक्षी एमालेले बैठक चल्न नदिने भएको छ।

एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने अडान यथावत् राखेको हो। एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बैठक चल्न नदिने जानकारी दिए। यसअघि साउन ११ गते मिटरब्याज सम्बन्धी विधेयक पारित गर्नका लागि मात्रै राष्ट्रिय सभा बैठक चल्न दिएको उनले बताए।

एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो । प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि बोलाइएको छ।

Skip This
Skip This
Logo