नेकपा माओवादी केन्द्रको पदाघिकारी बैठक बालुवाटारमा सुरु भएको छ। बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकका एजेन्डामाथी छलफल गर्न र बाँकि बैठकलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्न गर्न पदाघिकारी बैठक बोलाइएको हो।
जारी केन्द्रीय समिति बैठकको बैठकमा झन्डै १ सय ४१ जना नेताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्।
त्यस्तै, बैठकमा मङ्सिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय,पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेको छ।





























प्रतिक्रिया