अग्रजको सम्मान गर्ने परिपाटीको विकास जरुरी छः सभापति देउवा

अग्रजको सम्मान गर्ने परिपाटीको विकास जरुरी छः सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अग्रज नेताहरूका बारेमा जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका छन् ।

सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले कांग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९औँ स्मृति सप्ताहको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरूको बारेमाअध्ययन र अनुसन्धान गरी जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका हुन् ।

उनले पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई पहिलो पङ्क्तिको स्मरणीय नेताका रूपमा पुनर्स्थापित गर्दै शीर्षस्थ नेताका रूपमा उपाध्यायको तस्बिर पार्टी कार्यालयमा राख्ने निर्णयले आफूलाई खुसी लागेको धारणा राखे । विना कारण सूर्यप्रसाद उपाध्यायमाथि अन्याय हुन पुगेको भन्दै उनले अहिले पार्टीले न्याय गरेको जिकिर गरे ।

सभापति देउवाले पार्टी निर्माणमा उपाध्यायले लोकतान्त्रिकआन्दोलनमा गरेको योगदानको स्मरण पनि गरेका थिए ।

Skip This
Skip This
Logo