राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले तीनदलको लेनदेनको विषयले संसद बन्धकबनाइएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानीगर्दै सांसद वाग्लेले तीनदलले आफ्नो लेनदेनको विषय संसद बाहिर नै समाधान गर्नुपर्ने बताए । उनले भने ‘हामीले यो भद्र सांकेतिक विद्रोह नै गरेका हौं । जनताको संसदलाई बन्धक बनाईएको छ। यी तिनवटा ठूला दलहरुले केके लेनदेन वार्गेनिङ नमिलेको हो जेजे गर्नुपर्छ अर्को थलो र अर्को समयमा गरेर आउनु ।’
उनले तोकेको समय र तोकेको मितिमा संसद चल्नुपर्ने बताए । जनताको मुद्धाहरु यत्रतत्र भएको बेलामा यस्तो कार्य गर्नु उचित नभएको र यसले अर्थतन्त्रमा असर पार्ने पनि सांसद वाग्लेको भनाइ छ ।





























प्रतिक्रिया