एमाले मुलुकमा तस्करहरुको ढोका बन्द गर्न चाहन्छः सांसद दसौंदी

एमाले मुलुकमा तस्करहरुको ढोका बन्द गर्न चाहन्छः सांसद दसौंदी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद कुमार दसौंदीले एमालेले मुलुकमा तस्करहरुको ढोका बन्द गर्न चाहेको बताएका छन् । 

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा सांसद दसौंदीले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनेसम्म एमाले पछाडी नहट्ने बताए । उनले भने- ‘नेकपा एमालेले संसदलाई बन्धकबनाएर भाष्य निमार्ण गर्न खोजेको छैन । हामीले जुनदिनदेखि सुन काण्डको विषय आयो, त्यसैदिन देखि उच्च स्तरीय छानविन समिति बन्नुपर्छ र छानविन हुनुपर्छ भनेका छौं । तस्करहरुको ढोका बन्द गर्नुपर्छ । हामीले माग गरेका हौं ।’ 

राष्ट्रिय सभा सदस्य दसौंदीले सरकार यसबाट भाग्न खोजिरहेको आरोप लगाउँदै अगाडि भने- ‘आज २० / २२ दिन भइसक्यो अनि बीचमा आएर सरकारले सिआईबीको नाममा गोलमटोल गरेर पन्छाउन खोजिरहेको छ । के गठबन्धन सरकार भनेको सधैंभरि तस्करी गर्न बनेको हो ?’ 

Logo