पहिचानको राजनीति भन्दै साम्प्रदायिक घृणा फैलाउन खाेजियाे -अध्यक्ष ओली

पहिचानको राजनीति भन्दै साम्प्रदायिक घृणा फैलाउन खाेजियाे -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले साम्प्रदायिक घृणा फैलाउने प्रयास भइरहेको आरोप लगाएका छन् । 

२९औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले हिजो आरक्षणको कुरा सुन्नै नचाहनेहरुले अहिले त्यसको जस लिन खोजेको र रंग बदलेर विद्रोह र कलह बढाउन खोजेको आरोप लगाएका हुन्।

उनले भने, ‘अस्ति सम्म मात्रै हामीले आरक्षणको कुरा गर्दा ३३ प्रतिशत महिलाको आरक्षणको कुरा गर्दा वा उत्पिडीत वर्गको आरक्षणको कुरा गर्दा वा आदिवासी जनजातीको कुरा गर्दा उहाँहरुको सहभागिता यथोचित ढंगले हुनुपर्छ भनेर हामी लड्दा हाम्रो मजाक उडाउनेहरु, आज देशको हिमायतीहरु बनेका छन् । त्यही तत्वहरु अर्को  रंग बदलेर पहिचानको राजनीति भन्दै साम्प्रदायिक घृणा विद्रोह कलहको राजनीति गर्न खोजिरहेका छन् ।’

विविधता मुलुकको विशेषता भएको भन्दै अध्यक्ष ओलीले त्यसलाई सम्मान गर्न सबैलाई आग्रह गरे । न्याय र समानताको क्षेत्रमा राष्ट्रिय उपलब्धिको क्षेत्रमा ध्यान दिनुपर्ने उनको भनाई छ । 

Logo