काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने कपन खोला (यज्ञमती र चखुँचा खोला) आज खोतल्ने भएको छ। शुक्रबार बिहान १० बजेबाट खोला खोतल्न सुरू गरिने काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमल होडाले जानकारी दिए।
बिहीबार पनि काठमाडौं महानगरपालिकाको डोजर बूढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा पर्ने साततले नजिकै खोला खोतल्न गएको थियो। तर, स्थानीय र जनप्रतिनिधिले प्रतिवाद गर्न थालेपछि खोला खोतल्ने महानगरको प्रयास सफल हुन नसकेको वडाध्यक्ष होडाले बताए।





























प्रतिक्रिया