सदन अवरोध एमालेले होइन, सरकारले नै गरेको छः सांसद न्यौपाने

सदन अवरोध एमालेले होइन, सरकारले नै गरेको छः सांसद न्यौपाने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले सांसद भगवती न्यौपानेले आफ्नो खुसीको लागि नभइ देशको स्वाभिमान र संविधानलाई बचाउन सदनमाआवाज उठाउने गरेको बताएकी छिन् । 

आज राष्ट्रिय सभाको बैठकमा सांसद न्यौपानेले नेपाली राजनीतिको इतिहासमा ब्रिफकेश खोसेर, कुर्सी उचालेर पनिविरोध भएको स्मरण गराउँदै आफूहरु देशको पक्षमा शान्तिपूर्ण तवरले प्रस्तुत भएको बताएकी हुन् । 

उनले भनिन्, 'सदनअवरुद्धको विषयमाविभिन्न ढङ्गले कुरा उठाइएको छ, हामीले इतिहास देखेका हौँ । ब्रिफकेश खोसिएको र कुर्सी उचालिएको पनि देखेका छौँ तर हामीत्यो तरिकाले प्रस्तुतभएका छैनौँ । हामीले जतिपटक सदन अवरुद्ध गरिरहेका छौँ, हामीले उठाएका विषय एकदम समसामयिक छ । सत्तापक्षको तफबाट देशको स्वाभिमानको विरुद्धमा कामगर्दै गर्दा त्यसका विरुद्धमा, संविधानलाई बचाउन सदनमाआवाज उठाएका छौँ ।'

सांसद न्यौपानेले राज्यको निकायलाई अविश्वास गरेका नभइ मन्त्रीहरुलाई पनि प्रश्न गर्ने समितिको मागलाई सरकारले वेवास्था गरेको भन्दै सदन अवरुद्ध प्रतिपक्षबाट होईन सरकारको तर्फबाट भएको बताइन् । 

उनले भनिन्, 'यसरी सुन एयरपोर्टबाट आउँनु सेटिङ्विना सम्भव छैन्, हामीले यो कसरी सम्भव भयो भनेर प्रश्न गरेका छौ । हामीले एउटा मात्रै जवाफखोजिरहेका छौ, राज्यको निकायलाई अविश्वास मात्रै गरेका होईनौ, हामीले मन्त्रीहरुलाई पनिप्रश्न गर्ने समितिको माग गरेका छौ हाम्रो मागलाई वेवास्था गरेर सदनलाई कसले अवरुद्ध गरेको हो। सदनमाअवरोध सरकारको तर्फबाट भएको छ ।' 

Logo