एमालेको नाराबाजीपछि संसद बैठक साउन २९ गतेसम्मका लागि स्थगित

एमालेको नाराबाजीपछि संसद बैठक साउन २९ गतेसम्मका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि बैठक स्थगित भएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । तर साहले बोल्न नपाउँदै सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए । 

सत्तापक्षका सांसदहरुले सदन प्रतिपक्षीको कुरा सुनेर मात्र अघि नबढ्ने भन्दै विरोध गरे । तर सत्तापक्षको सांसदको विरोधबीच नै सांसद साहले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राखिन । उनको मागसँगै एमालेले सदनमा नारावाजी सुरु गरेर बैठक अवरोध गरेको थियो ।

एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । छानबिन समिति गठन नगरेसम्म सदन नचल्ने एमालेको अडान छ । एमाले सांसदहरूको निरन्तर नाराबाजीपछि सभामुखले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

Logo