नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन् । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । उनको शैक्षिक प्रमाणपत्र शंकास्पद रहेकोमा अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ, तर सरकारको षड्यन्त्र अर्कै रहेको टिप्प्णी हुन थालेको छ ।
पछिल्लोसमय सुन तस्करी प्रकरण बाहिरिएपछि नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठाउँदै सांसद शर्मा सरकारको टाउको दुखाईको विषय बनेका थिए । सत्यतथ्य छानविन नभए संसदमै आमरण अनसन बस्ने चेतावनी दिनुका साथै सञ्चार माध्यमहरुमा समेत उनले निरन्तर गृह र अर्थमन्त्रीमाथि प्रश्न उठाए । त्यसपछि एकाएक अदालतले सफाइ दिइसकेको मुद्धामा सांसद शर्माा समातिएपछि कांग्रेसकै कतिपय नेताहरुले प्रतिशोध साँध्न पक्राउ गरिएको टिप्पणी गरेका छन् ।
सांसद शर्माले १० साउनमा संसदमा राखेको धारणा जस्ताको त्यस्तै-
चैत्र १७ गते अर्थमन्त्रीले सपथ खानुभो । त्यसपछि घटना कस्तो देखिन्छ भने बैशाख २० गते अर्थ सचिव परीर्वतन भयो, जेठ १७ गते भन्सार कार्यालयको चिफलाई परीर्वतन गरीयो र साउन ५ गते क्वीन्टलका क्वीन्टल सुन बरामत भयो । देशको गृह मन्त्री र अर्थ मन्त्रीले हामीलाई ती कुराहरु थाहा छैन कसरी भए भन्ने नैतिक अधिकार उहाँहरुले गुमाईसक्नुभएको छ ।
नेपालको नै २०४६ पछिको इतिहासलाई हेरेउ भने पनि डा. रामशरण महत जतिबेला अर्थमन्त्री हुनुहुन्थ्यो उहाँको एकाउन्टमा डलर छ भनेर जब प्रतिपक्षले प्रश्न गरे पछि रिजाईन गर्नुभयो । त्यतिबेल गिरीजाबाबु प्रधानमन्त्री हुनुहुन्थयो र उहाँले क्लिन चीट पाउनुभयो । उहाँले युएनडिपीमा काम गर्दा डलर बापतको रकम डिपोजीट रहेछ भनेर थाहा पाए पछि पूर्न अर्थमन्त्रीमा नियुर्त हुनुभयो । यस्ता घटनाहरु पनिछन् मिलेन्द्र रिजालले पनि चुनाव हारेपछि राजीनामा दिनुभयो ।
अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहालले रुकमाङगल कटुवाल कान्डमा म अब यहाँ बस्न मिल्दैन भनेर राजीनामा दिनुभयो । अहिलेको अर्थमन्त्री र गृहमन्त्रीले यो अनुसन्धानमा उहाँहरुले भन्नसक्नु परथ्यो हामीले भरीया मात्र हैन मुख्य दोषी सुनको मालिकलाई नै पक्राउ गर्याैँ भन्नपर्थ्यो ३,५,७ कति दिन समय लिने हो त्यो समय लिएर भन्न सक्नुपर्छ हामीले ७ दिन भित्रमा यसको मुख्य नाईके पक्रिन्छौँ भनेर भन्न सक्नुपर्यो हैन भने उहाँहरुले अनुसन्धानको प्रक्रियालाई सहयोग गर्नको निम्ती अहिलेलाई कमसेकम सुनको मालिक पत्ता नलागेसम्म राजीनामा गरेर गणतान्त्रीक सीस्टमको यो अभ्यासलाई उहाँहरुले कदर गर्नुपर्छ । यदी यो विषयलाई सामान्य ढंगले हेरीयो,यो प्रश्न पक्ष या प्रतिपक्षको हैन र यो कसैको निजी पनि हैन, यो नेपाली जनतासंग सम्बन्धित प्रश्न हो ।
दुई छाक भात खान नपाएर सडकमा रुँदै कराउँदै हिँडेका नेपालीहरुको आँखाले अपिल गरीरहेको विषय हो यो । नेताहरु काठमाडौँमा बसेर यो विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन आउँदा खेरी हामीले त्यो मुख्य अभियुक्तलाई पक्राउ गर्न नसक्नु भनेको हामी सबै यो सांसदमा भएको व्यत्तिको भागमा कति प्रतिशत पर्छ, त्यतिको भागेदार हामी पनि हौँ । यो चिजलाई गुपचुप पारेर गाउँको भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भगाउने र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छु भनेर सोच्नु भएको छ भने उहाँहरुले दिएको डेट भित्र भरीया मात्रै पक्राउ परयो भने म यो सदन भित्र आमरण अनशनको घोषणा गर्न चाहान्छु ।
प्रतिक्रिया