नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको भन्दै पक्राउ गरेको थियो ।
शुक्रबार म्याद थपका अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले हातपात गरेको जानकारी दिएका हुन् । ‘ममाथि प्रहरीले दुईपटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ?,’ बाहिरिने क्रममा उनले भने ।
प्रतिक्रिया