नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुरोट भनेर ल्याएको बट्टा सुनको ठहर हुँदा त्यसमा गृहमन्त्री जवाफदेही हुने कि नहुने भनेर प्रश्न गरेका छन् ।
आईतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्रीको राजीनामाको विकल्प नभएको बताएका हुन् ।
उनले भने, 'गृहमन्त्रीले त खासमा रोस्टममा उभिन जानु आफै राजीनामा गर्नु बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेर राखेको ठाउँबाट चोरी हुन्छ, गृह मन्त्री जवाफदेही होईन त्यो ? गृह मन्त्री ज्यू, क्वीन्टलका क्वीन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले ल्याएको छ, यस्तो कति छ ? त्यस्तालाई कस्को सिफारिसमा कस्ले दियो नागरिकता ? त्यतिबेलाको प्रतिबेदन कहाँ छ गायब गरिएको छ । यो त तार काट्ने क्यामेराको मुन्टो अर्कोतिर फर्काउने घाँटी कर्माउने कस्तो सरकार हो यो । कुरा ठूलो गर्ने अनि देशको माया छैन, २-४ जना स्वार्थी तत्वको कुरा सुनेर पछाडि लाग्ने ?'
अध्यक्ष ओलीले सरकारले सुन तस्करी प्रकरणको छानविन उच्च स्तरीय र स्वतन्त्र हुनुपर्ने बताउँदै कर्मचारी निर्देशित हुन नहुने प्रष्ट पारे ।































प्रतिक्रिया