कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेपछि बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने जनाएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो ।

कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिन बाँकी छ ।

Logo