नवनियुक्त मन्त्री साहले भनिन्- जनताका कामलाई पहिलो प्राथमिकता दिन्छु

नवनियुक्त मन्त्री साहले भनिन्- जनताका कामलाई पहिलो प्राथमिकता दिन्छु

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने बताएकी छन् ।
           
सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री साहले सहज र छरितो ढङ्गले जनतालाई सेवा दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरिन् । उनले सङ्घीयतालाई कायम राख्दै सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा अग्रसर रहनेसमेत प्रतिबद्धता व्यक्त गरिन् ।

आमनागरिकलाई सहज र सुलभ सेवा कसरी दिनेभन्ने बारेमा आफू सचेत रहेको मन्त्री साहको भनाइ छ ।
       
त्यस्तै निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नवनियुक्त मन्त्री साहलाई स्वागत गर्दै आफूले गर्न नसकेको काम पूरा गर्न सुझाव दिए । उनले भने, “सङ्घीय निजामती सेवा ऐनदेखि संविधानले दिएको स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रसम्बन्धी विधेयक अगाडि बढाउन सकिन नवनियुक्त मन्त्रीले यसलाई पूरा गर्ने विश्वास लिएको छु ।”

Logo