प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रमप्रति परिवारजनको आपत्ति

प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रमप्रति परिवारजनको आपत्ति

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका स्व.नेता प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रमप्रति उनको परिवारजनले आपत्ति जनाएको छ।

गिरिकी पत्नी भारती सिलवाल,छोरा सन्तोष र बुहारी उष्मा लामा सिलवालले विज्ञप्ति जारी गर्दै आफूहरुको अनुमति विना अस्तु विसर्जन कार्यक्रम राखेको गुनासो गरेका छन्। 

परिवारसँग गाँसिएको यस्तो संवेदनशील विषयलाई कुनै अमुक व्यक्ति वा संघले विना स्वीकृति गर्ने यस्तो कार्य स्वीकार्य नभएको भन्दै उनीहरुले विज्ञप्तिमा कार्यक्रमप्रति गम्भीर असहमति जनाएको छन्। उनीहरुले संस्थासँग भएको प्रदीप गिरिका अस्तु असली नभएको पनि आशंका गरेका छन्। 

‘लिखित र मौखिकरुपमा अस्तु विर्सजन नगर्न अनुरोध गर्दा पनि समितिका कञ्चन झा, रामपल्टन साह लगायतले नसुनेको र अस्तुको राजनीति गरिरहेको परिवारको आरोप छ। त्यो अस्तु उनीहरुले कहाँबाट प्राप्त  गरे? कसरी प्राप्त गरे? त्यो अस्तु नै स्व. प्रदीप गिरिको हो कि होइन भन्नेमा ठूलो प्रश्नचिन्ह उठेको छ। किनभने उहाँको अस्तु हामीसँग नै सुरक्षित छ।’

उनीहरुले गिरिको आत्माको चीर शान्तिका लागि अस्तु विसर्जन कार्यक्रम नगर्न समेत आग्रह गरेका छन्। प्रदीप गिरि पावन स्मृति आयोजक समितिले बिहीबार गिरिको स्मृतिमा ‘लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौँदेखि काशीसम्म’ कार्यक्रम घोषणा गरेको थियो। 

Skip This
Skip This
Logo