जनयुद्धमा तोड्न बाँकी मिटरब्याजको जालो सरकारमा पुगेर तोडेका छौंः मन्त्री शर्मा

जनयुद्धमा तोड्न बाँकी मिटरब्याजको जालो सरकारमा पुगेर तोडेका छौंः मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताएकी छिन् । 

शुक्रबार प्यूठानमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकार सामान्तवादका बाँकी अवशेष अन्त्य गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने काममै रहेको बताएकी हुन् । 

उनले भनिन्, ‘हामीले हिजो सामन्तवादको समूल अन्त्यका लागि दशवर्षे जनयुद्ध गरेका थियौं । जनयुद्धका कारण नेपालमा सारभूतरुपमा सामन्तवादको अन्त्य भयो तर अहिले पनि कतिपय क्षेत्रमा सामन्तवादका अवशेष बाँकी रहेका छन्, तीमध्ये मिटरब्याजपनि एउटा थियो, जो हामीले अहिले परास्त गरेका छौं । जनयुद्धको बेलामा समेत परास्त हुन नसकेको मिटरब्याजीको जालो तोड्नुलाई वर्तमान सरकारको ठूलो सफलता हो ।’

मन्त्री शर्माले सुशासनको पक्षमा सरकार दृढताका साथ प्रस्तुत भइरहेको उल्लेख गर्दै भ्रष्टाचारको विरुद्ध निर्मम बनेको बताइन् । सरकारको नेतृत्व गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूलमन्त्र बनाएर अघि बढाएको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई सहज बनाउँदै लगेको बताइन्  । 

Skip This
Skip This
Logo