कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने दिनको टुंगो भएसँगै प्रदेश सभा सदस्य मनाउन सत्ता गठबन्धन दलका नेताहरुमा चलखेल सुरुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्।
अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत माग्न १० करोड र मन्त्रि पदको अफर गरिएको खुलासा गरेका हुन्। ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौँ सम्मै आइपुग्यो त,’ उनले लेखेका छन्।
कोशी प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन। संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन भएको छ। कोशीमा मुख्यमन्त्री थापालाई विश्वासको मतको संकट रहेको छ।





























प्रतिक्रिया