डेङ्गुबाट सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छः मुख्यमन्त्री थापा

डेङ्गुबाट सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छः मुख्यमन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । 

धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा आज मुख्यमन्त्री थापाले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताएका हुन् ।  

उनले ध्यानाकर्षणपत्र बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसहित सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गरे । विराटनगरस्थित एक हजार शय्याको सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा डेङ्गुुलगायत अन्य रोगबाट पीडितको उपचार सरकारले निःशुल्क गर्ने व्यवस्था मिलाएको उनले बताए । 

मुख्यमन्त्री थापाले डेङ्गु नियन्त्रणका लागि माग गरिएको ‘स्प्रे मेसिन’ प्रदेश विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराइने जानकारी दिए ।  

Skip This
Skip This
Logo