नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू सबैसँगको छलफल र परामर्शपछि मात्र युरोप भ्रमणमा लागेको बताएका छन् ।
आइबार पार्टीको पोलिटब्यूरोको चौथो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू युरोप भ्रमण रद्द गर्न खोजे पनि सबैसँगको छलफल पछि गएको दावी गरेका हुन् ।
‘म त्यो कार्यक्रम रद्ध गरौं की भनेर लाग्या छु । नभए भोलिपल्ट विरोधीहरुले माधव नेपाल भाग्यो भनेर लेख्लान्, प्रचार गर्लान्, भन्ने पनि लाग्यो त्यो लागि सकेपछि मैले प्रधानमन्त्रीलाई सोधे मेरो भ्रमण रद्ध गरौं की के गरौं ।’ उनले भने, ‘राज्यलाई रजनतालाई थाहा नदिकन भ्रम पैदा हुने गरि विदेश भ्रमणमा जानै पर्छ भन्ने छैन् । भनेपछि प्रधानमन्त्रीले कुनै पनि हालतमा तपाईलाई असर पर्ने अवस्था छैन् । तपाई जानु, पार्टीको कार्यक्रम सम्पन्न गरेर आउनु यसै क्रममा पार्टीको महासचिवले पनि विभिन्न कानून व्यवसायीहरुसँग परामर्श गर्नुभयो त्यसपछि उहाँले पनिकुनै समस्या हुदैँन भनेर भन्नु भएपछि गएको हो ।’
अध्यक्ष नेपालले दक्षिण एसियाका अन्य मुलुकमा झै नेपालमा पनि किसान र मजदुरको आन्दोलन सफल हुने विश्वास व्यक्त गरे । उनले भने, ‘दक्षिण एसियाका विभिन्न देशहरुमा किसान र मजदुरहरुको आन्दोलन सशक्त हुदैँ आफ्नो मागहरु पूरा गराउन सफल पनि भएका छन् । हाम्रो सन्दर्भमा त्यही कुरा लागू हुन्छ, नेपालमा कम्युनिष्ट पार्टीलाई कसरी बलियो बनाउने, कम्युनिष्ट आन्दोलनलाई कसरी सशक्त प्रभावकारी बनाउने, हाम्रो देशको राष्ट्रियताको आन्दोलनलाई कसरी व्यापक रुपमा फैलाउने, लोकतन्त्रका मूल्य र मान्यताहरु कसरी आत्मसाथ गरेर व्यवहारमा लागू गर्ने भनेर लाग्नुपर्छ ।’





























प्रतिक्रिया