प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाई सोमबार नै सक्ने संसदीय समितिको तयारी

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाई सोमबार नै सक्ने संसदीय समितिको तयारी

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई भोलि नै सक्ने तयारी संसदीय सुनुवाई समितिले गरेको छ । 

आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायधीशविरुद्ध तीन वटा मात्रै उजुरी परेकोले उजुरी उपर उजुरीकर्ता र सिफारीस श्रेष्ठलाई बैठकमा बोलाएर छलफल गरी समितिको सुनुवाइलाई सोमबार नै टुंग्याउने तयारी गरेको हाे । 

समितिका सदस्यहरुले प्रधानन्यायधीशविरुद्ध धेरै उजुरी नपरेको र परेको उजुरीमध्ये पनि दुई वटा सैद्धान्तिक प्रकृतिको रहेको भन्दै भोली नै उजुरीकर्तालाई समितिमाबोलाएर छलफल गर्ने र सुनुवाइलाई अन्तिम रुप दिने गरी आज बसेको समितिको बैठकले निणर्य गरेको छ । 

समितिमा सभापतित्व गरिरहेका जेष्ठ सदस्यसमेत रहेका पशुपतिशमशेर राणाले बैठकको निणर्य सुनाउँदै भने, ‘भोली उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराई वा अन्य विधिबाट उजुरीको पुष्ट्याइँ, औचित्यता स्पस्टल पार्नको लागि आमन्त्रण गर्ने,प्रस्तावित व्यक्तिलाई पनि आमन्त्रण गरी छलफल गर्ने र सुनुवाई प्रकृया सम्पन्न गर्ने लगायतकाविषयहरुको सम्बन्धमा संसदीय सुनुवाई समितिको कार्यविधि २०८०को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जन सहितपारित गरिनहुन अनुरोध गर्दछु ।’

गत असार १७ गते सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोमबार बस्ने संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेमा श्रेष्ठ २०८१ साल असोज १९ गतेसम्म प्रधानन्यायाधीश हुनेछन्।

Skip This
Skip This
Logo