एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।

ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गर्ने सो पार्टीको तयारी छ।  पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि एकीकृत समाजवादी पार्टीको महाधिवेशन हुन सकेको छैन।

बैठकमा पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गर्नेछन्। केन्द्रीय कमिटी बैठक भदौ ७ गतेसम्म चल्नेछ।

अध्यक्ष माधवकुमार नेपालले यसअघि बसेका सचिवालय, स्थायी र पोलिटब्युरो सदस्यहरूले दिएको सुझावका आधारमा वैचारिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। 

Skip This
Skip This
Logo