न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै अगाडि बढाउँछुः प्रधानन्यायाधीश श्रेष्ठ

न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै अगाडि बढाउँछुः प्रधानन्यायाधीश श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय सम्पादन प्रकृयालाई तिव्रता दिन न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै सुरु गर्ने प्रतिवद्धता जनाएका छन् । 

मंगलबार शितल निवासमा पद तथा गोपनियताको सपश लिएका प्रधानन्यायाधीश श्रेष्ठले लगत्तै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्दै न्याय सम्पादनलाई छिटो छरितो र विश्वसनीय बनाउने बताएका हुन् । 

उनले भने,‘हामीलाई लागेको छ जिल्लादेखि सर्वोच्च अदालतसम्म न्यायाधीशको नियुक्ति अभिलम्व थाल्नुपर्ने जरुरी छ । जनशक्तिको अभावमा न्याय चाँडो नपाउने स्वभाविक नै हो । यहाँहरुको चासोलाई सकारात्मक रुपमा लिएको छु । र म यहाँहरुलाई यो विश्वास दिलाउन चाहान्छु म न्यायाधीश नियुक्तिको प्रकृया छिटोभन्दा छिटो अर्थात् औपचारीक/अनौपचारीक रुपमा प्रकृया भोलिबाटै थाल्ने र यसमा नतिजा निकाल्न सक्नेगरी लाग्दछु ।’ 

त्यस्तै, प्रधानन्यायाधीश श्रेष्ठले सबैभन्दापहिला पुराना मुद्दाहरुलाई फछ्यौट गरेर जाने नीति नै लिएको उल्लेख गरे । उनले न्यायपालिका सुधारको लागि कायममुकायम हुँदा नै केही कामको थालनी गरेको भन्दै कार्यगत अनुभवको आधारमा सबैको सहकार्यमा न्यायपालिकाको सुधारमा थप कार्य गरी न्यायक्षेत्रलाई सुधार गरेर जाने बताए । जनताको न्यायप्रतिको आशा डगमगाउन नदिने उनको प्रतिवद्धता छ । 

Logo