नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेसम्म भएका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गर्ने आयोग गठन गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद पौडेलले नेपालमा चर्चामा रहेका सबै घट्नाको छानविन गर्नेगरी समिति गठन गर्न माग गरेका हुन् । उनले भने,‘कुन कुन घट्नाको छानविन गर्ने हो त्यसको बारेमा एउटा छानविन आयोग बनाउ अनि कसरी छानविन गर्ने त्यसको बारेका छानविन आयोगले टुग्याउनेगरी एउटामात्र होईन नेपालमा चर्चामा रहेका सबै घट्नाको छानविन गर्ने समिति गठन गर्नुपर्छ ।’
उनले अहिले गठन हुने भनिएको आयोग सुन प्रकरणसँग मात्रै जोडिएको भन्दै नेपालमा भ्रष्टाचारसँग जोडिएका घटना यतिमात्रै होत भनेर प्रश्न गरे । उनले सरकारले भ्रष्टाचारको घटना पनि आफूलाई मन लागेको रोज्ने, त्यो घटनामा परेको जजसलाई दण्डित गर्नुपर्ने त्यसलाई गर्ने र जोगाउनुपर्नेलाई जोगाउने ढंगबाट अगाडि बढेको आरोप लगाए ।
उनले भने ‘अहिले गठन हुने भनिएको आयोग सुन प्रकरणसँग मात्रै जोडिएको छ । ६० केजी भनिएको छ । नेपालमा भ्रष्टाचारसँग जोडिएका घटना यतिमात्रै होत?। छानबिन गर्नुपर्ने विषय यतिमात्रै हो त ? हामी भ्रष्टाचारको विषयमा निर्मम छौं । हामीले टुंगोमा पुर्याउने छौं । सबै घटनाको छानबिन गर्छौं भनेर सरकारले भन्यो । तर, भने जस्तो गरिरहेको छैन । भ्रष्टाचारको घटना पनि आफूलाई मन लागेको रोज्ने, त्यो घटनामा परेको जजसलाई दण्डित गर्नुपर्ने हो, त्यसलाई गर्ने र जोगाउनुपर्नेलाई जोगाउने ढंगबाट अगाडि बढेको जस्तो देखिन्छ त ।’
सांसद पौडेलले भ्रष्टाचारको काण्ड छनोट गरेर छानविन गर्न नहुने भन्दै भएजति सबै काण्डको छानविन हुनुपर्ने तर्क गरे ।































प्रतिक्रिया