लम्पी स्किनबाट अहिलेसम्म ५२ हजार ४ सय ४८ पशु मरे -मन्त्री भुसाल

लम्पी स्किनबाट अहिलेसम्म ५२ हजार ४ सय ४८ पशु मरे -मन्त्री भुसाल

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले लम्पी स्किनका कारण अहिलेसम्म ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको जानकारी दिएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री भुसालले संघ प्रदेश र पालिकाहरुबीच समन्वय गरी संकलन गरिएको तथ्याङक हेर्दा अहिलेसम्म ५२ हजार ४ सय ४८ पशुको मृत्यु भईसकेको जानकारी दिएका हुन् । 

उनले भने,‘यस रोगको जानकारी लिन संघ प्रदेश र पालिकाहरुबीच समन्वय गरी तथ्याङ्क संललन गरिएको छ । तथ्याङ्कहरु अनुसार विगत पाँच महिनामा यस रोगबाट १४ लाख ४६ हजार ४ सय ५९ पशु विरामी भएका छन् । १२ लाख ८८ ७८ सय ५९ निको भए ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको छ । यसको रोकथामको लागि सरकारले सक्दो प्रयास गरिरहेको छ ।’

मन्त्री भुसालले यस रोगको भ्याक्सिन जोर्डन, तान्जानिया र टर्कीबाट आयात गरिएको बताए । उनले भने,‘यस रोगको भ्याक्सिन हाम्रो देशमा बन्दैन । जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेको छौं । भ्याक्सिन लगाउने काम भईरहेको छ । उपचार र नियन्त्रणका लागि तीनै तहका सरकारबाट पहल भइरहेको छ ।’

Skip This
Skip This
Logo