बालेन साहलाई नेपाली काँग्रेसमा ल्याउनुपर्छः सहमहामन्त्री आङ्देम्बे

बालेन साहलाई नेपाली काँग्रेसमा ल्याउनुपर्छः सहमहामन्त्री आङ्देम्बे

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले काठमाडौँ महानगरपालिकाको स्वतन्त्र नगर प्रमुख बालेन साहलाई पार्टीमा ल्याउने वातावरण बनाउन क्षेत्रीय भेलालाई आग्रह गरेका छन्। 

नेपाली काँग्रेसको काठमाडौँमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले युवा पुस्ता माझ सामान्य र क्रियटिभ काम गरेरै काठमाडौँका स्वतन्त्र नगर प्रमुख बालेन साह चर्चामा रहेको बताएका हुन्। 

क्रियटिभ अभियानको नेतृत्व गरेका साहलाई काँग्रेसमा ल्याउने वातावरण बनाउन आङ्देम्बेको आग्रह थियो । ‘अब त्यो अभियानको नेतृत्व नेपाली काँग्रेसले नै गरेर बालेन जी जस्तो क्रियटिभ साथीलाई पनि पार्टीविहीन बस्न नदिने, अब उहाँलाई पनि काँग्रेसमै ल्याउने वातावरण पनि यहि नेपाली काँग्रेसले गर्नुपर्छ। यसको लागि पनि क्षेत्र नं. तीनबाट तपाईंहरुले सुरु गर्नुहोस्।’ तर, उनले आफ्नो पार्टीले काठमाडौँ र देश विकासको लागि नेतृत्व गर्दै अरबौंको भौतिक संसचना निर्माण गरेपनित्यसको प्रचार नगरेको दाबी गरे।

उनले भने,‘जसको कुनै पार्टी छैन र पनि सगरमाथा भन्दा अग्लो चर्चाको शिखरमा हुनुहुन्छ बालेन साह। हामीले के कुरा बिर्सि राख्यौँ भन्दाखेरी नेपाली काँग्रेसले करोडौं खरबौ खर्च गरेर काठमाडौँ र यो मूलुकलाई व्यवस्थित गर्नको निम्ति पुलपुलेसाहरु,भौतिक संरचनाहरु बनाइदिएकोछौँ । हामीले करोडौँ,अरबौको पुलको कुरा कहिल्यै पनि गरेनौँ।’ 

सहमहामन्त्री आङदेम्बेले महानगर सुन्दर बनाउने अभियान अन्र्तगत बालेन साहको नेतृत्वमा विजुली वजारको पुलमा राखिएको फूलको गमला र त्यसको सौन्दर्यको चर्चा धेरै भएको धारणा राख्दै बालेनको विकास मोडेल काँग्रेसले अपनाउनुपर्ने बताए। 

‘पुलमाथि राखिएको गमलाको कुरा गरिराख्यौँ। गमलामा रोपेको फूलको कुरा गरिराख्यौँ। गमला र फूलसँगको त्यो चर्चामामात्रै हामीहरु रमायौँ। यो नराम्रो थिएन। आजको पुस्ता शेल्फी खिच्ने र टिकटकको पुस्ता रहेछ। त्यो टिकटक पुलसँग नबन्दो रहेछ। त्यो शेल्फीपुलसँग नखिँचिदो रहेछ। शेल्फी खिच्नको लागि गमला र फूल नै चाँहिदो रहेछ। अनि पुलको हैन गमला र फुलको मात्रै चर्चा भयो। त्यसकारण हामी पुल बनाउने पार्टीले १००० रुपैयाँको गमला किन राख्न सक्दैन? गमला राखिसके पछाडि ५०० को फूल किन राख्न सकेन।’

Skip This
Skip This
Logo