क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेतासीपी गजुरेलले एमसीसी खारेजी मात्र नभइ फिर्ता हुनुपर्ने टिप्पणी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित‘एमसीसी खारेज वा फिर्ता’ विषयक विशेष अन्तरक्रिया कार्यक्रममा नेता गजुरेलले एमसीसीको सम्झौता राष्ट्रघात भएको टिप्पणी गरेका हुन्। उनले एमसीसी अब लागू गर्दैनौँ भनेर पार्टीहरु उठिदिए भने सम्झौता फिर्ता हुने भन्दै एमसीसी खारेजी मात्र होइन फिर्ता नै हुनुपर्ने बताए।
उनले भने,‘एमसीसीको सम्झौता संससदबाट अनुमोदन गरेर दलहरुले देशकाविरुद्ध ठूलो अपराध गरेका हुन्। अपराध कम गर्न त्यो बेला पारित गर्याैँ अब लागू गर्दैर्नौँ भनेर पार्टीहरु उठिदिए भने,त्यहाँ सहमति भइदियो भने सम्झौता उसले फिर्ता लैजानुपर्छ, आज हाम्रो माग एमसीसी खारेजी मात्र होइन फिर्ता हुनुपर्छ।’
नेता गजुरेलले एमसीसी पास भयो भने आत्महत्या गर्छु भन्नेहरु नै आज मन्त्रिमण्डलमा रहेको बताए। आत्महत्या गर्छु भन्नेहरुले आन्दोलनमा सहभागी भएर पाप नपखाले ईतिहासले त्यसको सजाय दिने तर्क पनि गजुरेलले गरे।
उनले भने,‘हिजो एमसीसी पास भयो भने आत्महत्या गर्छु भन्नेहरु आज मन्त्रिमण्डलमा पो छन् के आत्महत्या गर्नु। हिजो आत्महत्या गर्छु भन्नेहरुले पाप पखाल्नका लागि भएता पनि कुनै न कुनै किसिमबाट आन्दोलनमा सहभागी भएर त्यो पाप पखाल्नुपर्छ। आएन भने ईतिहासले त्यसको सजाय उनीहरुलाई दिनेछ।’





























प्रतिक्रिया