राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् ।
राप्रपाको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग प्रवक्ता शाहीले नेपालको सिमानभित्र गाई, गोरु मार्नेलाई तीन वर्षको जेल सजायको स्पष्ट कानून रहेको भन्दै अपराधीलाई सजाय नभए धरानमा सुरु भएको आन्दोलन सिंहदरबारसम्म आइपुग्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘नेपालको कानूनमा स्पष्ट पशुपन्छीसम्बन्धी कसूरमा के राखेको छ भने कुनै व्यक्तिले गाई वा गोरु मारे भने नेपालको सिमानभित्र मारे भने तीन वर्षको जेल सजाय भनेर कानून स्पष्ट छ । त्यस कारण यो कानूनअन्तर्गत बसेर गृहमन्त्रीलाई अनुरोध गर्न चहान्छौँ की त्यो अपराधीलाई कारवाही गरियोस । यदि उक्त कार्य भएन भने यो आन्दोलन धरानमा टेलर मात्रै हो, यो आन्दोलन देशभरि हुन्छ । र तपाईले थामेर थाम्न सक्नु हुन्न सिंहदरवारभित्र पनि आन्दोलन हुन्छ । ’
प्रवक्ता शाहीले कानूनको पालना गराउने काम सरकारको भएको भन्दै नेपालको कानूनमा उल्लेख भएको कुरा लागू नगर्ने, दुई चार जनाले पैसा दियो भन्दैमा गृहमन्त्री चुप लागेर बस्न नमिल्ने टिप्पणी गरे ।
उनले भने, ‘अहिले पनि हामी गृहमन्त्रीलाई के अनुरोध गर्न चहान्छौ भने नेपालको संविधान र नेपालको कानून सरकारले मान्न पर्छ । कानूनको पालना गर्नुपर्ने काम सरकारको हो, नेपालको कानूनमा त्यो कुरा उल्लेख भएको छैन भने अर्को कुरा हो नेपालको कानूनमा उल्लेख भएको कुरा पनि लागू नगर्ने, दुई चार जनाले पैसा दियो भन्दैमा गृहमन्त्री चुप लागेर बस्न पाईन्छ ।’
प्रवक्ता शाहीले आमाबुबा मारेपछि घरमा चुप लागेर बस्ने कायर राप्रपा नभएको उल्लेख गर्दै धरानको अपराधमा जनजाति जस्तो देखिने देशका धर्म बेचेका केही अराजकवादी यूरोपियन यूनियनका डलरवादीहरुको संलग्नता भएको बताए ।





























प्रतिक्रिया