राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक बेलुका ७ बजे पुनः बस्ने भएको छ ।
शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा छलफल भएपनि ठोस निर्णयमा नपुगिएको संसदीयदलको उपनेता बुद्धिमान तामाङले जानकारी दिए ।
उनले भने,‘संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा ठ्याक्कै निर्णय भएको छैन । हाम्रो आफ्नो तर्फबाट के तयारी गर्ने भन्ने छलफलभएको छ । बेलुका फेरी ७ बजे बैठक बस्नेछौं ।’
बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने सम्बन्धमा निर्णय गर्नेछ ।





























प्रतिक्रिया