गठबन्धनले राप्रपालाई दियाे पूर्वाधार विकास समितिको सभापति, दीपक सिंह उम्मेदवार

गठबन्धनले राप्रपालाई दियाे पूर्वाधार विकास समितिको सभापति, दीपक सिंह उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वाधार विकास समितिको सभापति पाउने भएको छ।

सत्ता गठबन्धनले पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको हो । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा उक्त समिति माओवादीले पाउने समझदारी भएको थियो। माओवादीबाट उक्त समितिको सभापतिमा माधव सापकोटा उम्मेदवार बन्ने तय भएको थियो। तर, आज राप्रपालाई दिइएको हो । 

अब राप्रपाले पूर्वाधार विकास समितिमा मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाउने भएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरूप निर्वाचन प्रक्रिया अघि बढेको छ।

Logo