एमालेसँग लड्न आउनेको सिङ निकालाैँ, तर दाजुभाई नलडाैँ -अध्यक्ष ओली

एमालेसँग लड्न आउनेको सिङ निकालाैँ, तर दाजुभाई नलडाैँ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशमा भएको समस्यालाई हेरेर बस्नेहरुलाई ताली बजाउने मौका दिन नहुने बताएका छन् । 

आईतबार विराटनगरमा कोशि प्रदेश संगठन कमिटिको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसंग लड्न आउनेको सिङ निकाल्ने तर आपसमा लडेर बस्न नहुने बताएका हुन् । ‘हामीले आफ्नो सिंङ निकाल्नु पर्छ । हाम्रो सिङ भाचिने, हामी लड्ने,दाजुभाई/दाजुभाई लड्ने अनि दर्शक भएर बस्नेहरु चाँहि ताली बजाउने त्यो स्थिती आउन दिनु हुँदैन । हामीले मिलेर विकास  गर्नुपर्छ ।’ 

गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको बताउँदै सबै जातजाति मधेशी, दलित, थारु, लिम्बूवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्ने अध्यक्ष ओलीको भनाई छ ।

Logo