संसदीय समितिका सभापतिहरुले लिए शपथ

संसदीय समितिका सभापतिहरुले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन्।

सोमबार दिउँसो सभामुख देवराज घिमिरेले नवनिर्वाचित समिति सभापतिहरूलाई शपथ खुवाएका हुन् । भागबन्डाको आधारमा नेपाली कांग्रेसबाट राज्यव्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे सभापति चुनिएका छन्।

नेकपा एमालेबाट सार्वनजिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साह सभापति बनेका छन्। पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंह सभापति बनेका छन्।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टीका अब्दुल खान सभापति बनेका छन्। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले खानविरूद्ध उम्मेदवारी दिएका थिए। सोमबार पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत सभापति चुनिएका हुन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव सभापति बनेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी निर्वाचित भएका छन्।

Skip This
Skip This
Logo