ओलीले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना

ओलीले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन्। आजदेखी पाकिस्तानमा सुरु हुने खेलमा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिमलाई ओलीले शुभकामना दिएका हुन्। 

‘र, प्रतीक्षाको घडी समाप्त भएको छ। नेपाली टीमले आज पहिलो पटक एसिया कप खेल्दैछ। यसका लागि हामी सबै नेपालीले लामो समयदेखि सपना देखेका थियौँ,’ ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्,‘विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना।’साथै,उनले नेपाली खेलाडीहरुको हौसला बढाउन एउटा भिडियो पनि सेयर गरेका छन्। 

नेपालले आज विश्व बरियता नम्बर १ पाकिस्तानसँग घरेलु मैदानमा पहिलो पटक एसिया कपमा प्रतिस्पर्धा गर्दैछ। सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ। 

Logo