काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह चीन भ्रमणमा नजाने भएका छन् । चीनले नेपालको चुच्चे नक्सालाई हटाएर बुच्चे नक्सालाई कायम गरेपछि मेयर बालेनले नैतिकताको आधारमा नजाने निर्णय गरेका हुन् ।
चीनको निमन्त्रणामा मेयर बालेन ५ दिने चीन भ्रमणमा जान लागेका थिए । तर, केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर जारी गरेको नयाँ चुच्चे नक्सालाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेपछि उनले भ्रमण रोकेका हुन् । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम रहेको उनको भनाई छ ।
मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्- 'हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।'






























प्रतिक्रिया