काठमाडौं महानगरका प्रमुख बालेन साहले नेपाल प्रहरी, शसस्त्र प्रहरी,जिल्ला प्रशासन कार्यालय सबै खाले स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन् ।
बिहीबार महानगर प्रहरीको ३१औँ नगर प्रहरी दिवसको कार्यक्रममा मेयर बालेनले सबै संस्थाले नातावाद कृपावाद र राजनैतिक प्रभावमा नगरी इमान्दार पूर्वक काम गरे सहरमा सुशासन ल्याउन सफल हुने बताएका हुन् । नगर प्रहरी बलले कसैको प्रभावमा नपरी कार्य गरेको बताएका उनले सोहीअनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले समेत कार्य गर्न सके महानगरमा सुशासन ल्याउन सफल हुने दाबी गरे ।
‘जसरी हाम्रो नगर प्रहरी वल अहिले नातावाद, कृपावाद र कुनै पनि राजनीतिक प्रभावविना सुशासनको लागि दबाब विना काम गर्न सफल भएको छ । त्यसरी नै हाम्रो नेपाल प्रहरीको महानिरिक्षक ज्यु पनि हुनुहुन्छ, शसस्त्र प्रहरीका महानिरिक्षक ज्यु पनि हुनुहुन्छ, शसस्त्र प्रहरी र नेपाल प्रहरीले नि यसरी नै कुनै पोलिटिकल दबाबमा नआइकन गर्दिनु भयो भने नेपाल प्रहरी, नगर प्रहरी, शसस्त्र प्रहरीलगायत सिडियो कार्यालय सबैले हाम्रो शहरमा सुशासन ल्याउन सफल हुन्छौँ । त्यसको लागि यहाँहरुले ध्यान दिनुभयो भने हामी सबै मिलेर सहकार्यमा काम गर्न सक्छौँ ।’ मेयर बालेनले भने ।
महानगरले प्रहरी दिवसको अवसरमा नगर प्रहरी वलबाट नगरमा सुशासन कायम गर्न सहयोग पुर्याएको तथा उत्कृष्ट काम गरेका नगर प्रहरीलाई सम्मान गरेको छ। महानगरले नगर प्रहरी वलका सहायक निरीक्षक लिला थापा क्षेत्रिलाई महानगर गौरव पुरस्कारबाट सम्मानित गरेको छ । पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ । त्यस्तै, उत्कृष्ट महानगर प्रहरी पुरस्कारबाट नगर प्रहरी निरिक्षक विष्णुराज शर्मा दाहाल सम्मानित भए ।
महानगर प्रहरी पुरस्कारबाट भने नगर प्रहरी नायव निरीक्षक कर्ण बहादुर थापा ,नगर प्रहरी सहायक निरीक्षक नवराज अधिकारी, नगर प्रहरी सहायक निरीक्षक अमर बिक्रम कार्की, नगर प्रहरी हवल्दार शुरेस डेउडा, नगर प्रहरी हवल्दार रामप्रसाद भूसाल सम्मानित भएका छन् ।





























प्रतिक्रिया