नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि बुटवलमा सुरु हुने भएको छ।
शनिबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका उपाध्यक्ष,महासचिव,सचिव तथा पार्टीका अन्य पदाधिकारीहरु बुटवल जाने एमालेले जनाएको छ।
पार्टी कार्यतालिकाअनुसारसात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले सुरुमा पहिलो अधिवेशन गर्न लागेको हो। प्रथम अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ः३० बजे गर्ने कार्यक्रम तय भएको छ।
अधिवेशनपूर्व बिहान १० बजेदखि बुटवलका १९ वटै वडाहरु, छिमेकी पालिका तथा जिल्लाबाट कार्यक्रममा सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्ने कार्यक्रम रहेको छ।
साथै उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु,महासचिव,उपमहासचिव, सचिवहरु,पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु,केन्द्रीय आयोगका पदाधिकारी तथा अन्य नेता तथा पार्टी सदस्यहरुको उपस्थिति रहने आयोजकले जनाएको छ।
प्रदेशका १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका १००४ प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने जनाईएको छ।अधिवेशनले २०५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ।





























प्रतिक्रिया