प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले गरेको गल्तिलाई सुधारेर आत्मआलोचनासहित आजबाट रुपान्तरण अभियान मार्फत जनता माझ गएको बताएका छन्।
शनिबार बिहान जनतासँग माओवादीः विषेश रुपान्तरण अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तका लागि पार्टीले गरेको संघर्ष र नेतृत्वको चर्चा गर्दै पार्टीले बाटो विराएका प्रति आजबाट आत्मआलोचना गरेर जनता माझ गएको बताए। उनले आफूहरु सुध्रिन चाहेको कुरा जनतालाई बताएरै माफि माग्न आग्रह गरे।
उनले भने,‘हामीले जनतालाई विस्वास दिलाउनुपर्दछ, नेपाली समाजको परिवर्तन र रुपान्तरण माओवादीले नै गर्न सक्दछ। माओवादीकै नेतृत्वमा मात्रै संमृद नेपाल सम्भव छ। कमरेडहरु जनतासँग हामीले भन्न सक्नुपर्छ हाम्रा गल्ति कमजोरीका लागि हामी आत्मा आलोचित हुन चाहान्छौँ। हामी सुध्रिन चाहान्छौँ त्यसका लागि अभियानसहित घरदैलोमा छौँ।’































प्रतिक्रिया