इतिहासले सम्झिने गरी सरकारले जनताको पक्षमा काम गरेको प्रधानमन्त्रीको दाबी

इतिहासले सम्झिने गरी सरकारले जनताको पक्षमा काम गरेको प्रधानमन्त्रीको दाबी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी सामाजिक न्याय र सुशासनको क्षेत्रमा जनपक्षीय कामको सुरुआत गरेको बताएका छन्।

आज जनतासँग माओवादीः विषेश रुपान्तरण तीन महिलेअभियानको भर्चुअल उद्घाटन गर्दै दाहालले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा कैयौं काम गरेको बताए।

उनले भने,‘सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामहरु अगाडि बढाई रहेको छ। एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सृजना गरिरहेको छ।’ सरकारले विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले सरकार र प्रणालीप्रति जनविस्वार बढ्दाे गएको जिकिर गरे। 

Skip This
Logo