आगामी चुनावमा माओवादी बलियो पार्टीको रुपमा स्थापित हुन्छः माधव सापकोटा

आगामी चुनावमा माओवादी बलियो पार्टीको रुपमा स्थापित हुन्छः माधव सापकोटा

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका सांसद माधव सापकोटाले आगामी चुनावमा एक्लै लड्दा पनि सफलता हासिल गर्ने गरि तरिकाले काम गर्ने बताएका छन् । 

माओवादी रुपान्तरण अभियान अन्तरगत चन्द्रागिरि २ मा आयोजित कार्यक्रममा सांसद सापकोटाले अब तीन महिनाभित्र सक्दो तयारी गरेर आगामी चुनावमा एक्लै चुनाव लड्ने गरी तयारी गरिने बताए । 

उनले भने, ‘अब तीन महिनाभित्रमा ६५ जनाको नगर समिति यसलाई हामी सुदृढ बनाउँछौ, १५ वटा नगरअन्तरगतका वडा समितिहरु छन् यसलाई व्यवस्थित गर्ने हाम्रो योजना रहेको छ । थप २२ वटा बुथ कमिटिहरु निमार्ण गर्छौ नगर समितिका सदस्यहरुको नेतृत्वमा २२ वटा बुथहरु बनाएर, ९९ सय वटा वडाहरुलाई आधार मानेर टोल कमिटिहरु बनाउँछौ । ८ हजार ७ सय ७५ जना हाम्रा सदस्यहरु निमार्ण गर्ने गरि भोलिदेखि काम गर्ने छौ । यसरी आगामी चुनावमा एक्लै लड्दा पनि सफलता हासिल गर्ने गरि काम गर्ने छौँ ।’

सांसद सापकोटाले केही आन्तरिक व्यवस्था र बाहिरी हस्तक्षेपको तालमेल मिलाउँन नसक्दा जित्ने पालिका पनि गुमाएका भन्दै अब नेता, कार्यकर्ताहरु र जनताको सक्रियताको तालमेल मिलाएर अगाडि बढ्ने बताए । उनले भने, ‘नेता कार्यकर्ताहरु र जनताको सक्रियता हेर्दा थोरै तालमेल मिलाउँदा गएको स्थानिय चुनावमा हामीले एक्लै चुनाव लडेको भएपनि मेयर उपमेयरसमेत जित्न सक्ने जस्तो स्थिति रहेछ । केही आन्तरिक व्यवस्थाहरु र बाहिरको हस्तक्षेपको तालमेल मिलाउँन नसक्दा जित्ने पालिका गुमाएका रैछौ भन्ने कुरा अनुभूति भएको छ ।’

Skip This
Skip This
Logo