लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक बर्दिबासमा बसिरहेको छ। विस्तारित बैठकले मुख्यत: ५ वटा एजेण्डामा छलफल गर्ने लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए।
समसामयिक राजनितिक अवस्था, मधेशका मुद्दा एवं आगामी रणनीतिको विषयमा विशेष गरि केन्द्रित रहने लोसपाले जनाएको छ। यही बैठकबाट बुथ समितिसम्मको संगठन निर्माणको कार्यनीति बनाइने र पार्टी संचालनको लागी अर्थनीति एवं केन्द्रीय सर्कुलरअनुसारको लेवीको विषयमा समेत गहन छलफल हुने जनाइएकाे छ।
अध्यक्ष जितेन्द्र साह सोनालका अनुसार पार्टी एवं सरकारबीचको सम्बन्ध र स्थानीय तह तथा विविध विषयमा छलफल गरिनेछ। उक्त विस्तारित बैठकमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरदसिंह भण्डारी, राजेन्द्र महतो लगायतका नेताहरुकाे उपस्थिति छ ।































प्रतिक्रिया