राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरकाे दर्शन

राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरकाे दर्शन


राष्ट्रपति रामचन्द्र पौडेलले पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिरकाे दर्शन गरेका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर गएर राष्ट्रपति पौडेलले दर्शन एवं प्रसाद ग्रहण गरेका हुन् ।

सो अवसरमा उनलाई ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, निजामती कर्मचारी र स्थानीयवासी एवं भक्तजनले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले सोही अवसरमा पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदा अभिरुचिपूर्वक अवलोकन गरे । उनलाई महानगर प्रमुख महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराएका थिए । 

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भीड लाग्ने गर्छ ।

Logo