प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड आसन्न विदेश भ्रमणबारे जानकारी दिन संसदीय समितिमा उपस्थित नभएकोप्रति सदस्य प्रेम सुवालले असन्तुष्टि पोखेका छन् ।
प्रतिनिधिसभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुन गइरहेको विदेश भ्रमण सम्बन्धमा भएको बैठकमा परराष्ट्रमन्त्री र सचिव मात्रै उपस्थित भएकोप्रति उनले आपत्ति जनाए ।
परराष्ट्रमन्त्री, सचिवले प्रधानमन्त्रीको विषयमा जवाफ दिने भए सो पद केका लागि हो उनको प्रश्न छ । उनले भने, ‘प्रधानमन्त्रीको जिम्मेवारी परराष्ट्रमन्त्री, सचिवले लिने भए प्रधानमन्त्रीको बन्दोवस्त नै हुने थिएन । प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई नियुक्त गर्ने हो, त्यसकारण प्रधानमन्त्री फेरि बोलाउनुपर्छ ।’
यस्तै सांसद सुवालले नेपालको नक्साबारे तत्कालिन सरकार जवाफदेही हुनु पर्ने भन्दै भुल सुधारका लागि आग्रह गरे । उनले भने, ‘नेपालको नक्साबारे तत्कालिन सरकारले जवाफदेही हो त्यसमा हुनुपर्ने के हो भन्दा भूमि व्यवस्था मन्त्रालयले परराष्ट्रलाई पत्र लेख्ने हो त्यसपछि परराष्ट्रले अन्तरराष्ट्रिय स्तरमा पत्राचार गर्नुपर्ने र त्यसको नेतृत्व प्रधानमन्त्रीले गनुपर्ने हो । तर पत्र त्यतीबेला गएन भने तत्काल पठाउँनु पर्छ आजको आजै हिजो गल्ती भयो देश कमजोर भयो भने आज पनि त्यही गल्ती हेरेर बस्ने होईन यो सरकारले तत्काल पत्र पठाउनु पर्छ भूमि यस्तो छ भनेर ।’
उनले प्रधानमन्त्रीले भ्रमणमा अन्तरराष्ट्रिय क्षेत्रमा शान्ति कसरी कायम हुन्छ भन्ने कुरामा बोल्नु पर्ने भन्दै संसारमा शान्ति कायम गनुपर्छ युद्धले केही नहुने बताए ।





























प्रतिक्रिया