नेपालको नक्साबारे परराष्ट्रमन्त्रीको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति

नेपालको नक्साबारे परराष्ट्रमन्त्रीको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालको नक्साबारे परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

बिहीबार बसेको प्रतिनीधिसभाको बैठकमा रास्वपा सांसद खनालले नेपालको भूराजनीतिक अवस्थामाथि कुनै नेता र पार्टीले राजनीति गर्ने थलो नबनाउन चेतावनी दिएका हुन् ।  

उनले भने, ‘यो सदनले पारित गरेको नक्सा छिमेकि राष्ट्र संयुक्त राष्ट्रसंघलाई जानकारी गराएको रहेनछ । गराउने हो की हैन पनि थाहा छैन भन्नुभयो । हामीलाई यसबारे जानकारी चाहियो । नेपालको भूगोल संवेदनशिल भू—राजनीति कुनै नेता र पार्टीको राजनीति गर्ने खेल नबनोस् । यसको लागि तथ्यपरक सूचना सदनलाई जानकारी दिनुहोला ।’

आफ्नो भूमि समेटिएको नक्साबारे समेत सबैलाई जानकारी नदिइएको प्रति उनको आक्रोश छ । ‘प्रतिनीधिसभाले २०७७ जेठमा नै पारित गरेको नेपालको नक्साको बारे छिमेकी मुलुक लगायत अन्य ठाउँहरुमा जानकारी गराएको कि नगराएको कुरा थाहा छैन भनेर परराष्ट्रमन्त्रीले भन्नु भएको छ ।’ उनले भने ।

Skip This
Skip This
Logo