सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा ऐन संसदमा पेस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
साथै बैठकले निजामती सेवा दिवसका अवसरमा निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको छ ।





























प्रतिक्रिया