उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थाको रक्षा गरेर देशको परिवर्तन माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएको बताएका छन्।
ललितपुर महानगरपालिका २८ र २९ पार्टी वडा समितिले आयोजना गरेकाे भेलालाई सम्बोधन गर्दै अरु पार्टीभन्दा देशलाई सफल बनाउन माओवादीले भूमिका खेलेको दाबी गरेका हुन्।
उनले भने, ‘हाम्रो पार्टी अरूभन्दा राम्रो छ। परिवर्तन ल्याउन पनि हाम्रो पार्टीले लडेको हो। प्रतिगमनलाई असफल पार्न पनि हाम्रो पार्टीले नै सङ्घर्ष गरेको हो। देशमा जति सुधारको भूमिका खेल्ने पनि हाम्रो पार्टी नै हो। अहिले पनि हाम्रो पार्टीको सरकार छ र हामी प्रयत्न गरिरहेका छौँ।’ ओलीले संसद विघटन गरेर संविधानमाथि प्रहार गरेको भन्दै उनले माओवादीकै पहलमा व्यवस्था जोगाइएको बताए।





























प्रतिक्रिया