स्वर्गीय गिरिको नाममा अस्पताल निमार्णमा पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

स्वर्गीय गिरिको नाममा अस्पताल निमार्णमा पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले काँग्रेस नेता स्वर्गीय प्रदिप गिरिको नाममा बाटो र अस्पताल निमार्णलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।  प्रदिप गिरिको पहिलो वार्षिक स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले सिराहाको लहान नगरपालिकामा स्वर्गीय गिरिको नाममा अस्पताल र बाटो बनाउने प्रतिबद्धता जनाएका हुन्। 

७० को निर्वाचनमा सिराहाले जिताएर नै आफू दोस्रो पटक प्रधानमन्त्री बनेको भन्दै त्यसको गुन तिर्नको लागि लहान नगरपालिकामा बाटो र हस्पिटल निमार्ण गर्ने उनले भनाई छ।
 
उनले भने,‘लहान नगरपालिकाका मेयरले लहानमा प्रदिप गिरिको नाममा बाटो र हस्पिटलको कुरा गर्नु भएको छ म त्यसलाई अगाडि बढाउँने प्रतिबद्धता गर्न चहान्छु । सिराहा जिल्ला र लहान मेरो लागि अपरिचित छैन। मलाई ७० को निर्वाचनमा सिराहाले जिताएर नै म दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो तपाईहरुले लगाएको गुन मैले तिर्न सकेको छैन। यो पटक मैले त्यो गुन तिर्नु पर्छ भन्ने लागेको छ र तपाईहरुले दिनु भएको ज्ञापन पत्रलाई गम्भीर तरिकाले लिने छु।’  यस्तै, उनले प्रदिप गिरिको अभाव सबैलाई खड्किएकै भन्दै उनको विचार र चिन्तनको मौलिकता दुर्भल भएको बताए। 

उनले भने,‘प्रदिप गिरि नेपालको राजनीतिक र सामाजिक रुपान्तरण अभियानका एउटा मौलिक चिन्तनका धनी हुनुहुन्थ्यो। उहाँको तुलना अरुसँग गर्न कठिन छ। उहाँको दार्शनिक, समाजवादी, राजनीतिक विश्लेषण र त्यसलाई हेर्ने मौलिक दुष्टिकोण थियो त्यसकारण उहाँलाई सबैले सम्मान र विश्वास गरेका थिए। प्रदिप गिरिको अभाव सबैलाई खड्किएकै छ र उहाँको विचार, चिन्तनको मौलिकता र सबैप्रतिको सहज सहकार्य दुर्भल छन्। सबैलाई विचार र चिन्तनमा उहाँ अमर रहि रहनेछ।’

Logo