एमसीसीको विरोधमा माइतिघरमा प्रदर्शन (भिडियाेसहित)

एमसीसीको विरोधमा माइतिघरमा प्रदर्शन (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
एमसीसी, भ्रष्टाचार, र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समुहले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतिघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति ०७७ को आयोजनामा विभिन्न समुहले संयुक्त नागरिक खबरदारी सभाको आयोजना गरी विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा एमसीसी, भ्रष्टाचार, बेथिति, बैंकको ब्याज र किस्ता, पीसीआर टेस्टमा बेथिति बढेको भन्दै प्रदर्शनकारीहरु विभिन्न नारा लेखिएका पम्पप्लेटसहित सडकमा उत्रिएका थिए । उनीहरुले ‘सरकार हामीलाई गरि खान देउ’, ‘लकडाउन अवधिको घरभाडा छुट गरीपाउँ’, ‘नो एमसीसी’, ‘एमसीसी चाहिदैन लागू गर्न पाइदैन’, ‘पीसीआर परीक्षण गर्न पाउनु हाम्रो स्वास्थ्य सम्बन्धी अधिकार हो’, ‘सार्थक लोकतन्त्र बिना कुनै पनि राष्ट्र बन्दैन’, ‘सलुन खोल्न देउ’, ‘नागरिक आयोग गठन गर’ लगायत लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु उभिएका थिए ।

उनीहरुले एमसीसी खारेज गर्न, बैंकको ब्याज घटाउन, पीसीआर टेस्ट बढाउन, भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै नाराबाजी समेत गरेका थिए ।

https://www.facebook.com/KendrabinduNews/videos/1381637238891562/

Skip This
Skip This
Logo