बनेका देशमा कुदेर हुँदैन, अब आफ्नै देश बनाउनुपर्छः अध्यक्ष ओली

बनेका देशमा कुदेर हुँदैन, अब आफ्नै देश बनाउनुपर्छः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो देश छोडेर अरुको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै त्यसतर्फ असन्तुष्टि जनाएका छन् ।

काठमाडौंमा झापा काठमाडौं सम्र्पक मञ्चद्वारा आयोजित तीज विशेष कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय आफ्नो देश बनेको छैन भनेर बनेका देशको पछि लाग्ने प्रवृत्ति बढेको भन्दै त्यो घातक हुने बताएका हुन् । जतिसुकै गरेपनि परदेश आफ्नो देश जस्तो नहुने उनको तर्क छ ।

‘अरुका देश बनेका छन् भनेर, बनेका देशमा हामी कुदेर । हाम्रो देश बनेको छैन् भनेर बनेका देशतिर कुदेर हुँदैन ।’ उनले भने ।  

त्यस्तै अध्यक्ष ओलीले विदेशको बाटो बनाएर देश सिंगारे पनि त्यसको फाईदा आफूले लिन नपाउने कुरा स्मरण गर्न आग्रह गरे । उनले भने, ‘आफ्ना बाटा राम्रा बनाउनु पर्छ, आफ्ना गाडी राम्रा बनाउनु पर्छ । उत्पादन गर्नु पर्छ । हाम्रो आफ्नो उत्पादन बढाउनु पर्छ ।’

अब समृद्धिको समय आएको भन्दै सुख र खुसिका गीतहरु गाउने बेला आएको अध्यक्ष ओलीको भनाई छ । 

Logo