समाजवादी मोर्चाको बागमती प्रदेशस्तरको सन्देशसभा हेटौंडामा

समाजवादी मोर्चाको बागमती प्रदेशस्तरको सन्देशसभा हेटौंडामा

केन्द्रबिन्दु
0
Shares

समाजवादी मोर्चाले आइतबार हेटौंडामा सन्देशसभा आयोजना गर्ने भएको छ । 

मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौंडामा सभा आयोजना गर्न लागिएको हो। सो सन्देशसभा हेटौंडा-४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजेबाट सुरु हुनेछ।  

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतले उक्त सभालाइ सम्बोधन गर्नेछन्। 

एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुषालका अनुसार देशैभरी सन्देश सभा गर्दै आएको मोर्चाले आइतबार बागमती प्रदेशको सन्देशसभा हेटौंडामा गर्न लागेको हो। माेर्चाले सुदुरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेकाे छ।  

Logo