काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक केही समयमा बस्ने भएको छ । मंगलबारदेखि सुरु भएको बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएपनि केही समय ढिलो गरी बस्न लागेको हो ।
आजको बैठकमा सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेकाले तत्काल फिर्ता लिनुपर्ने माग गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मंगलबारको बैठकले १४ औँ महाधिवेशन कार्यतालिका अनुमोदन गरेको थियो । वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी सरकारले ल्याएकाे प्रावधान संवैधानिक व्यवस्था विपरीत रहेको कांग्रेसकाे भनाइ छ।































प्रतिक्रिया